हेटौंडा, ३० साउन । मकवानपुरमा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लामा आज ३८ जनानै कोरोना मुक्त भएका छन् ।
आज कोरोना मुक्त हुने ३८ सँगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ४ सय ८२ पुगेको छ । जिल्लामा कोरोनाबाट हालसम्म १ सय ५४ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा हालसम्म १ लाख ९ हजार ४ सय २४ जनाले कोभिड १९ को पहिलो मात्रा खोप लगाएका छन् भने ६६ हजार २ सय ४४ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।