हेटौंडा, ३० साउन । मकवानपुरको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रथम भएको छ । जिल्लाको १० स्थानीयतह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रथम भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मकवानपुरको थाहा नगर तेस्रो पनि पटक प्रथम हुन सफल भएको हो ।
यसैगरि जिल्लाको मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैयाँ गाउँपालिका तेस्रो भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले शुक्रबार आफ्नो छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने ३ स्थानीय तहका प्रमुख/उपप्रमुखलाई सम्मानपत्र प्रदान गरेको छ । यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरपालिकाका प्रमुख लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।