हेटौंडा, २८ साउन । आज अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गरिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मित्रनगरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने विश्वास व्यक्त गर्दै परिषद्लाई युवाको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रम बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाईको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली माया श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।