हेटौंडा, २८ साउन । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे बस्दैछ ।
१४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।