हेटौंडा, २८ साउन । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हिजो बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्व विद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको थियो ।

खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भैरहेका छन् ।