हेटौंडा, २८ साउन । नेपालमा अहिलेसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका छन् ।
यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसनको खोप उपयोगमा आएको छ ।
अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा करिव एक करोड डोज खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।