हेटौंडा, २७ साउन । मकवानपुरमा आजबाट कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको छ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको खोप लगाउन सुरु गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाको ईन्द्रसरोबर,कैलाश,बकैया र बागमती गाउँपालिका बाहेक सबै स्थानीय तहले खोप लगिसकेका छन् । जिल्लाको लागि आएको १६ हजार डोज खोप मध्य १५ हजार १ सय २० डोज स्थानीय तहलाई बाढिएको हो ।

यसैगरि जिल्लाको हेटौंडा उपमहानगरपालिकाले आजैबाट कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रोे डोज लगाइएको छ । हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार उपमहानगरपालिकाको १९ वटै वडामा खोप लगाउने कार्य भएको छ ।

उहाँले उपमहानगरपालिकालाई ७ हजार ९ सय खोप आएको बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका करिब ९ हजारले दोस्रो मात्र लगाउन बाँकी रहेको समेत जानकारी दिनुभयो ।