हेटौंडा, २६ साउन । मकवानपुर जिल्लामा लागुपदार्थ गाँजा ओसारपसारमा संलग्नहरू दिनहुँजसो पक्राउ पर्दै आएका छन् । मकवानपुर प्रहरीले पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१० बाट प्र ०२–०२२ प ३७२९ नम्बरको मोटरसाइकलमा सवार एक जनाको साथबाट पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित समातेको हो।
पक्राउ परेका इन्द्रसरोवर गाउँपालिक–३ का ३० वर्षीय मनिष ठकुरी रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
यसैगरि मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित अर्का एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।