हेटौंडा, २६ साउन । पछिल्लो समय कोरोना संक्रमणदर निक्कै बढेको छ । गत २४ घन्टामा ४ हजार ९ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ .६४ प्रतिशतमा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९१ हजार नौ सय १० जना पुगेको छ ।

यस्तै थप दुई हजार एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० जना पुगेको छ ।

यता मकवानपुरमा गत २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा थप ९० जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामा ९१ प्रतिशतले कोरोना जितेका छन् ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको भएसंगै जिल्लामा हालसम्म मृत्यु हुनेमा १ सय ५० पुगेको छ ।