हेटौँडा, २५ साउन । गत २४ घण्टामा मकवानपुरका ८५ सहित देशभर ३ हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ ।
यस अवधिमा २४ घण्टामा एक हजार सात सय ८४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ ।
यसैगरि थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार एक सय १५ जना पुगेको छ ।
अहिले नेपालमा ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यता मकवानपुरमा पछिल्लो २४ घण्टामा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा ७८ जनाले कोरोना जितेका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ ।