हेटौंडा, २५ साउन । मकवानपुरमा कोरोना महामारीको जोखिम बढेपछि तीन महिना भन्दा लामो समयदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने २ जना संचालक कारवाहिमा परेका छन् ।

कारबाहीमा पर्नेमा जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागसोती स्थित तासिर इङलिस सेकेण्डरी स्कुलका सञ्चालक ३६ वर्षिय अमृत प्रसाद ढकाल र हेटौडा उउपमहानगरपालिका वडा नम्बर ५ स्थित ज्ञानोदय बालबाटिका स्कुल सञ्चालक मनहरी गाउँपालिका वडा नम्बर- ५ का ४० वर्षिय श्याम कुमार बानियाँ रहेका छन् ।

उनिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनही १० हजारका दरले जरिवाना गरीएको जनाइएकोे छ । निषेधाज्ञको उल्लङ्घन गरि विद्यालय संचालन गरेको पाईएपछि ति विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय पठाईएको थियो ।

अहिले अधिकांश विद्यालयहरुले अन्लाइन मार्फत् पठनपाठन गरिरहेका छन् । तर, अन्लाइन कक्षामा सबैको पहुँच पुग्न भने सकेको छैन ।