हेटोंडा, २४ साउन । मकवानपुरमा निषेधाज्ञाको समय एक साता लम्ब्याएको छ । कोरोना संक्रमणदर र जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।
सोमबारबाट अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको छ तर, पसल व्यवसाय खोल्ने समेय भने घटाइएको छ ।
यसअघि प्रत्येक दिन बिहान ४ बजेदेखि ११ बजे सम्म संचालन हुँदै आएको खाद्यान्न तथा तरकारी पसल अव बिहान १० बजे सम्म मात्र खोल्न पाइने छ । यस्तै अन्य व्यवसाय मध्यान्ह् १२ बजे देखी दिउँसो ४ बजे सम्म मात्र सञ्चालनका अनुमति दिइएको छ ।
सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ । पछिल्लो समय थपिएको निषेधाज्ञाको समय आज राती सकिँदैछ । साय संचालन गर्दा तथा बजारमा किनमेल गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।