हेटौंडा, २४ साउन । टोकियो ओलम्पिक आज सकिँदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पकको भिडन्त हुँदैछ ।
कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक खेल कुल १४ दिनसम्म संचालन गरिएको हो । ओलम्पिकमा अहिलेसम्म ३८ स्वर्ण पदकसहित चीनको अग्रता कायमै छ ।
चीनलाई पछ्याइरहेको अमेरिकाले ३६ स्वर्ण जितेको छ । २७ स्वर्ण पदक जितेको आयोजक जापान तेस्रो स्थानमा आएको छ । चौथो स्थानको रुसी ओलम्पिक कमिटि र पाचौ स्थानको बेलायतको समान २०–२० वटा स्वर्ण पदक भएको छ ।
अहिलेसम्म ६५ देशले स्वर्ण पदक जित्दा ९३ देशले पदक तालिकामा नाम लेखाएका छन् ।