हेटौंडा, २२ साउन । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । गत २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ३ हजार ७ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कुल परीक्षणको झन्डै २४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ७७ हजार पाँच सय ८९ पुगेको छ ।

यस्तै थप १ हजार आठ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार पाँच सय ४८ जना पुगेको छ । अहिले नेपालमा ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।