हेटौंडा, २० साउन । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको बुधवार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
एफोलो अस्पतालमा डा। अखिल मिश्रको निगरानी तथा नेतृत्वमा उपचाररत खनालको आज डा। सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि गएको असार २ गते भारतको दिल्ली प्रस्थान गर्नुभएको थियो । त्यसअघि नेता खनालको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।