हेटौंडा, २० साउन । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

११ हजार तीन सय ५४ जनाको पीसीआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ । हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।