–सरोजकुमार खनाल
यो बीचका तीन हप्ता म मकवानपुरको सामाजिक अभियानमा अनुपश्थित रहेँ । यसको कारण अरु केही थिएन, थियो त केबल कोभिड–१९ । हो, कोभिड १९ ले परिवारका पाँचै सदस्यलाई आक्रमण गरेपछि साउन १७ गतेसम्म १८ दिन अस्पताल बसाइ भयो । अहिले मसहित सबै परिवार कोरोनामुक्त भएका छौँ ।
असार २७ गतेदेखि १०३ डिग्रीको हाराहारीमा ज्वरो आयो । तत्पश्चात नारायणी संघ हेटौँडाका आदरणीय अध्यक्ष हीराललाल श्रेष्ठले अभिभावकत्व प्रदान गरिरहनु भयो । असार २९ गते हामी दुई जना श्रीमानश्रीमतीलाई नै कोभिड पोजेटिभ देखियो । अध्यक्षज्यू, निवर्तमान अध्यक्ष बद्री चौलागाईं, सचिव गुणराज घिमिरेले आवश्यक सहयोगसँगै साथमै रहनु भयो । अहेव भाइ प्रवीण पुडासैनी आवश्यक स्वास्थ्य सल्लाहका लागि सदैव साथमा रहे । हरि लामा, श्याम तिमल्सेना घरमै आएर सल्लाह, सुझाव, मनोबल बृद्धिमा लागिरहनु भयो ।
स्वास्थ्यमा भने सुधार आएन । केहीदिनमै झन समस्या थपिँदै गएको महसुस भयो । असार ३१ गते दुवै छोरीलाई पनि पोजेटिभ देखियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याब हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनको गैरजिम्मेवारीबारे कुनै दिन प्रष्ट पारौँला । किनकी, म हेटौँडा अस्पताल विकास समितिको पूर्वअध्यक्ष पनि हुँ । साउन २ गते चितवनमा पुरानो मेडिकल कलेजको आइसियुमा भर्ना भएँ । साउन ४ गते बिहानसम्ममा अवस्था अरु नाजुक बन्यो । बेहोस हुन थालेँ । कयौँपटक अर्ध चेत भएँ । २० वर्षको छोरा अभ्युदय साथमा बसिरह्यो । आदरणीय नेताहरु माननीय कुमारी मोक्तान, माननीय प्रेमबहादुर पुलामी, श्रद्धा लामालगायतले घरदेखि नै चितवन अस्पताल हुँदै काठमाडौँ एपिएफ अस्पतालसम्म पुग्नु भई गर्नु भएको योगदान अविस्मरणीय छ । ऋणी छु । नमनसहित धन्यवाद अर्पण गर्दछु ।
त्यो समयमा चितवनमा उपचारको चिन्ता व्यक्त गर्दै उपाध्यक्ष अशोक पोखरेल, सञ्चालक शंकर गिरी, कमल शाह, लालकुमार श्रेष्ठ, राजन कार्की, माइला दाइ, हरि लामिछाने, लोकराज पौडेललगायत सम्पूर्ण साथीभाइ र कर्मचारीले गर्नु भएको सहयोग चिन्ता, स्वास्थ्यलाभको कामनाको पनि असाध्यै ऋणी भएको छु । सबैलाई धन्यवाद ।
दुई दिन चितवन बस्दा चिन्ता व्यक्त गरी स्वास्थ्य लाभको कामना गर्नु हुने नारायणी संघ हेटौँडाका पदाधिकारी, समुन्द्र खड्कालगायत सम्पूर्ण कर्मचारी र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्षहरु कृष्ण अग्रवाल, गणेश भेटुवाल, विष्णु खनाल, रामप्रसाद न्यौपानेलगायत सम्पूर्ण पदाधिकारी, निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव बालकुमार मल्ल, पत्रकारहरु रामकुमार एलन, मणिराज गौतम, अन्जली थापा, प्रदीप ढुंगाना, नारायणी संघ हेटौँडाका सल्लाहकार अनन्त पौडेल, चितवनदेखि काठमाडौँसम्म अनवरतरुपमा चिन्ता व्यक्त गर्नुहुने नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुलीलगायत विभिन्न संघसंस्थाका साथीभाइ, इष्टमित्र, कुलकुटुम्व, नातागोता, शुभचिन्तकले राख्नु भएको सद्भाव र स्वास्थ्य लाभको कामनाको ऋणी छु । सम्पूर्णमा नमन व्यक्त गर्दै आभारी छु ।
साउन ४ गते करिब ११ः४५ बजे अर्धचेत अवस्थामा एम्बुलेन्समार्फत रुँदै कराउँदै, हारगुहार गर्दै छोराले एपिएफ अस्पताल काठमाडौँ पु¥याएपछि पुनर्जीवनको अध्याय सुरु भयो । संघका काठमाडौँ सल्लाहकार आदरणीय उद्धव भण्डारीको अनुरोधमा डाक्टर रमेश थापाले गर्नु भएको सहयोगले मेरो पुनर्जीवनको महत्व बुझेको छु । यो कार्यका निमित्त नमन गर्दछु । गोपी दाइ, दीपेन्द्र, प्रवीणलगायत साथमा रहनु हुने संघका साथीभाइ, कर्मचारीप्रति आभार व्यक्त गर्दछु ।
मेरा अनन्य मित्र सुशन कर्माचार्य, सुर्दशन पराजुलीको साथ स्मरणीय रह्यो । नमन व्यक्त गर्दछु । आदरणीय दाजु डोलनाथ खनाल, हेमन्त शेरचन, राजेन्द्र शर्माले अस्पतालमा आएर दिनु भएको सल्लाह, आत्मबल स्मरणमा रहिरहनेछ । उपचारक्रममा सहभागी डाक्टर रोशन कुमार झा, डाक्टर राजु थापा, डाक्टर अर्पण श्रेष्ठ, डाक्टर रोजिना बस्नेत, डाक्टर श्यामसुन्दर शाहीलगायत मेडिकल टिम, नर्सहरु अञ्जनी, श्रृष्टि, रुक्साना, दीपा, दीपिका, राममाया, सन्त, अशोक सरसफाई कर्मचारी सीता, चण्डिकालगायत अस्पताल टिम, ड्युटी सिस्टर, ड्युटी डाक्टरलगाएत सम्पूर्ण टिमलाई हृदयदेखिनै नमन छ ।
विश्व महामारीको रुपमा मानव जातिलाई नै चुनौती दिइराखेको यस महामारीलाई नेपालभर सञ्चालित सरकारी, गैरसरकारी, निजी, सहकारी प्रतिष्ठान तथा अस्पतालहरुले नेपाल एपिएफ अस्पतालले गरेको उपचार पदति व्यवहार, व्यवस्थापनलाई मात्र सिक्ने र इमानदारिताका साथ काम गर्ने हो भने मात्र पनि नेपाल र नेपालीले कोभिड १९ सजिलै जित्नसक्नेमा म निर्धक्क छु । यो विषम परिस्थितिमा मलगायत मेरो परिवारलाई कोभिड १९ ले संक्रमण गरी पारिवारिक जीवन नै के हो, कसो हुने हो भन्ने परिस्थितिमा सामाजिक सञ्जाल, टेलिफोन, भेटघाट जुनसुकै माध्यमबाट सम्पर्क गरी स्वास्थ्यलाभको कामनासहित आत्मबल प्रदान गराउन सहयोग पु¥याउने सम्पूर्ण महानुभावप्रति हार्दिक नमनसहित धन्यवाद व्यक्त गर्दछु ।
असार २७ गतेदेखि साउन १७ गतेसम्म अनवरतरुपमा सम्पर्कमा रही चिन्ता व्यक्त गर्नुहुने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, संघीय सांसद माननीय विरोध खतिवडा, माननीय मुनु सिग्देल, माननीय ओम घलान, हेटौँडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, थाहा नगरपालिकाका अरुण रायमाझी, अहेव चिनिया लामा, मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठित कोभिड हेल्प डेक्सका २१ वटै संस्थाका सहयात्री साथीहरु, नारायणी संघ हेटौँडा, वीरगञ्ज शाखाका ईश्वरचन्द्र यादव, मेरो अनन्य मित्र उत्तम न्यौपाने, ईन्द्र नेपाल, क्षितिज लामिछाने, लवराज ठकुरीलगायत नजिकबाट मलाइ नियालेर बस्नु हुने सम्पूर्ण साथीहरु, पारिवारिक सम्बन्धका अन्य मित्रहरु सबैमा नमनसहित धन्यवाद ।
आज साउन १८ गतेसम्म आइपुदा पाँचै जना परिवार कोभिड १९ लाई परास्त गर्दै उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छौँ । यो विषम परिस्थितिको अनुभव, भोगाइ, भाव, व्यवहार, चिन्ता विचारलाई मनन गर्दै फेरि जीवनमा आइपर्ने अन्य समस्या समाधान गर्दै पूर्वअवस्थामा क्रमशः फर्कँदै छु । चाँडै नै सामान्य जीवनमा फर्कने आशा राख्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गर्दछु । थोरै मात्र समय घर्कियो भने पनि कोरोनाले तपाईं हाम्रो ज्यान नै तलमाथि हुन्छ भन्ने मैले अनुभूत गरेको छु । अझ परिवारका सबैलाई कोरोना हुँदा र घरमूली आफैँ चैँ अस्पतालमा बस्नु पर्ने अवस्था आउँदा कस्तो मनोदशा हुन्छ, त्यो पनि यसपटक अनुभूत गरेँ । त्यसैले सावधानी अपनाउन नै सबैमा अपिल गर्दछु । भएको कोरोना नै हो, तर बिरामीपिच्छे यसका लक्षण फरक पाइने पनि यसपटक अस्पताल बसाइमा भोगेँ ।