हेटौंडा, १७ साउन । नेकपा एमालेले आगामी साउन २३ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ ।
आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनुभयो । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उहाँले बताउनुभयो ।
एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्ने महासचिव पोखरेलले जानकारी दिनुभयो ।