-सम्झना श्रेष्ठ
हेटौंडा, १६ साउन । बागमती प्रदेशमा आत्महत्याका घटना बढेको पाइएको छ । प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १०.८० प्रतिशतले आत्महत्याका घटना बढेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको उपत्यका बाहेकका दश जिल्लामा १०३६ जनाले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशभर आर्थिक वर्ष २०७६/७७ मा ९३५ जनाले आत्महत्या गरेका थिए । यसअवधिमा सबैभन्दा बढि ६९७ जनाले झुण्डिएर, २२२ जनाले विष सेवन गरि, ९ जनाले हामफालेर र अन्य विधि अपनाएर ७ जना गरि कुल ९३५ जनाले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी उपरिक्षक एवम् प्रवक्ता नवराज अधिकारीले बताउनुभयो ।
यो संख्या बढरे आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा विष सेवन गरि २४३, झुण्डिएर ७७७ जना, हामफालेर १२ र अन्य विधि अपनाएर ४ जना गरि १०३६ जनाले आत्महत्या गरेको प्रहरी उपरिक्षक एवम् प्रवक्ता अधिकारीको भनाई छ ।
यो दुई वर्षको तथ्यांकलाई हेर्दा आत्महत्या बढी हुने जिल्लामा चितवन रहेको छ । जहाँ आर्थिक वर्ष २०७६/७७ मा १७१ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७७/७८ मा २१९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रदेशको दश जिल्लामध्ये सबैभन्दा कम आत्महत्या हुने जिल्लामा रसुवा रहेको छ । रसुवामा आर्थिक वर्ष २०७६/७७ मा ८ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७७/७८ मा ६ जनाले झुण्डिएरै आत्महत्या गरेको पाइएको छ ।
आत्महत्याको जिल्लागत तथ्यांक यस्तो छ ।

विषेशगरि निराशापन, असफलता, हिनताबोध, घृणा, आत्मग्लानी, वेरोजगारी, गरीवी जस्ता कारण व्यक्तिले आत्महत्या गर्ने गरेको जानकारहरु बताउँछन् । कुनै पनि व्यक्तीको वानी व्यवहारमा एक्कासी परिवर्तन आयो, जस्तैः छिटो–छिटो रिसाउने, मर्ने कुरा गर्ने, जीन्दगीबाट हार खाएको कुरा गर्ने, नीराश हुने जस्ता लक्षणहरु देखा परेमा यस्तो थाहा पाउने जो सुकैले पनि उसको नीगरानी राख्न आवश्यक पर्ने मनोपरामर्शकर्ताहरु बताउँछन् ।