हेटौंडा, १५ साउन । मकवानपुरको मनहरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद श्रेष्ठ अनुसन्धानमा तानिनु भएको छ । निरीक्षक श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय हेटौंडा तानेर आन्तरिक अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठमाथि पश्चिम मकवानपुरबाट निर्बाधरुपमा निकासी भइरहेको गाँजा बरामद तथा बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिन नसकेको आरोप लाग्दै आएको थियो । श्रेष्ठमाथि जिल्ला प्रहरीमा उजुरी परेपछि अनुसन्धानमा तानिएको र केही दिन यता इलाका प्रहरी कार्यालय मनहरी प्रहरी निरीक्षकविहीन रहेको छ ।

निरीक्षक श्रेष्ठमाथि अनुसन्धान चलिरहेको बताउँदै प्रहरी उच्चस्रोतले “अहिले केही बताउन नमिल्ने” जनाएको छ ।