सम्झना श्रेष्ठ

हेटौंडा, १५ साउन । बागमती प्रदेशमा सवारी दुर्घटनाका घटना बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९१ प्रतिशतले दुर्घटनाका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष १५२१ वटा सवारी दुर्घटना भएको जनाइएको छ । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा १५२१ वटा सवारी दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ७९३ दुर्घटना भएका थिए । यस्तै गत वर्ष सवारी दुर्घटना सम्बन्धि मुद्धामा दर्ता ११ प्रतिशतले कमि आएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनाका २९५ वटा मुद्धा दर्ता भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३३३ मुद्धा प्रहरीमा परेको थियो ।

यसैगरि गत वर्ष ३४९ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएकामा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ४०७ जनाको ज्यान गएको थियो । गत वर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा १४ प्रतिशतले कमी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
सवारी दुर्घनाको जिल्लागत तथ्यांक यस्तो छ ।

प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा अािर्थक वर्ष २०७६/०७७ मा १२० दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाए । यो संख्या बढेर आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा २५७ दुर्घटनामा परि ६० जनाको ज्यान गयो ।

यसैगरि चितवनमा आर्थिक वर्ष २०७६/०७७ मा २६१ दुर्घटनामा १०७ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा ४३७ दुर्घटनामा १२८ जनाको मृत्यु भयो ।
यसैगरि धादिङ्मा आर्थिक वर्ष २०७६/०७७ मा १२५ दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७७/०७८ मा २५५ वटा सवारी दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाए ।

यस्तै काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७६/०७७ मा १२४ दुर्घटनामा ५६ जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०७७/०७८ मा १३४ दुर्घटनामा २८ जनाले ज्यान गुमाए ।
यसैगरि आर्थिक वर्ष २०७६/०७७ मा २३ दुर्घटनामा परि ५० जनाको निधन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ५४ दुर्घटनामा ३ जनाको मृत्यु भएको तथ्यांक बागमती प्रदेश प्रहरीसँग रहेको छ ।

यस्तै नुवाकोटमा आर्थिक वर्ष २०७६/०७७ मा १९ दुर्घटनामा ११ जनाले ज्यान गुमाउँदा आर्थिक वर्ष २०७७/०७८ मा दुर्घटना संख्या बढेर ७० पुग्यो भने मृत्यु संख्या १० रहेको छ ।
प्रदेशको रसुवा जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा कम ६ दुर्घटनामा ३ जनाको निधन भएकोमा यो संख्या बढेर आर्थिक वर्ष २०७६/०७७ मा ९ दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो ।

यस्तै पर्यटकिय जिल्ला दोलखामा आर्थिक वर्ष २०७६/०७७ मा २९ दुर्घटनामा परि १२ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा दुर्घटना संख्या बढेर ४० पुग्यो १२ जनाले ज्यान गुमाउनु पर्यो ।

यस्तै प्रदेशको रामेछाप जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा २० दुर्घटनामा १२ जनाको निधन भएको थियो भने दुर्घटना संख्या बढेर आर्थिक वर्ष २०७७/०७८ मा ३५ पुग्यो भने ९ जनाको मृत्यु भयो ।

यस्तै विपि हाइवे बनेपा–बर्दिबास सडकखण्ड पर्ने सिन्धुलीमा आर्थिक वर्ष २०७६/०७७ मा ६६ दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७७/०७८ मा २२१ दुर्घटना हुँदा ३७ जनाले ज्यान गुमाएको तथ्यांक बागमती प्रदेश प्रहरीसँग रहेको छ । प्रहरीको दुई आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै दुर्घटना हुनेमा जिल्लामा चितवन रहेको छ ।

बागमती प्रदेश प्रहरीले उपलव्ध गराएको तथ्यांक