भीमसेन पौडेल
हेटौडा, १३, श्रावण ।


हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव. ०७७÷०७८ मा ३८ लाखको कारोवार गरेको छ । समूहले आव. ०७६÷०७७ मा २४ लाखको कारोवार गरेको थियो ।
समूहले उपभोक्ता काठ विक्रीबाट १९ लाख ११ हजार, अनुदानबाट १४ लाख ४३ हजार, बाकल विक्रीबाट १ लाख १९ हजार, नयाँ सदस्यताबाट १ लाख आम्दानी गरेको छ । यसैगरी पुरस्कारबाट ५० हजार, नवीकरणबाट ४६ हजार, दाउरा विक्रीबाट २२ हजार, आर्थिक सहयोगबाट २० हजार, उम्मेदवारी दर्ताबाट २० हजार, बला विक्रीबाट १८ हजार आम्दानी गरेको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले बताईन ।
यसैगरि समूहले काठ चिरानी ढुवानी ज्यालामा १० लाख ६ हजार सालक केज निर्माणमा ९ लाख १६ हजार, बाल उद्यान निर्माणमा ४ लाख ५० हजार कर्मचारी तलवमा ३ लाख ६० हजार, आयआर्जन कार्यक्रममा १ लाख ५१ हजार, कर्मचारी हितकोषमा १ लाख ५० हजार, साधारणसभामा १ लाख ३६ हजार र वन व्यवस्थापनमा १ लाख २१ हजार खर्च गरेको छ ।
यसैगरि ल्यापटप खरिदमा ८५ हजार वृक्षारोपणमा ३० हजार, बत्ती,पानी र ईन्टरनेटमा २५ हजार, मसलन्दमा २५ हजार सामान खरिदमा २२ हजार, छात्रवृतिमा २० हजार, लेखा परिक्षणमा १५ हजार, विज्ञापनमा १५ हजार, कर्मचारी पोशाकमा १० हजार खर्च गरेको समूहले जनाएको छ ।
यस वन समूहले आव ०७७÷०७८ मा जिल्ला स्तरीय उत्कृष्ठ पुरस्कार प्राप्त गरेको थियो । हाल समूहले स्थानीय शान्तिटोल टोल विकास सँग समन्वय गरेर ब्लक नं. ६ लाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए ।
दुर्लभ वन्यजन्तु सालकको संरक्षण गरेर चर्चा कमाएको यो समूह राष्ट्रिय तथा अन्र्तराष्ट्रिय भ्रमण टोलीको रोजाईमा पर्दै आएको छ । हाल सम्म ५ सय ६० भन्दा बढी टोलीले यो समूहको भ्रमण गरिसकेको समूहका उपाध्यक्ष केशव धितालले बताए ।