हेटौंडा, १३ साउन । जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

गौरिकाको खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहनुभएको छ, यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुनुहुन्छ । टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । तर, उहाँ हिट चरणबाटै बाहिरिनुभएको छ ।