हेटौंडा, १२ साउन ।
हेटौंडा ९ पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रदीप पराजुली चयन हुनुभएको छ । अभिभावक भेलाबाट छानिएका सदस्यहरूको आज बसेको बैठकले पराजुलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
यसैगरी शिक्षा नियमावली अनुसार समितिका चयन गर्नुपर्ने दुई जना पनि मनोनीत गरिएको छ । मनोनीत हुनेहरूमा सीता अधिकारी र ज्ञानेन्द्र लामिछाने रहनुभएको छ । यसैगरी शिक्षक प्रतिनिधिमा कमलपाल अधिकारी चयन हुनुभएको छ । अधिकारीलाई शिक्षकहरुको आन्तरिक बैठकले सर्वसम्मत चयन गरेको हो ।
अभिभावक भेला सम्पन्न भएको करिब पाँच महिनापछि विद्यालयले नयाँ अध्यक्ष पाएको हो । गत चैत १४ गते विद्यालयको २१ औँ अभिभावक भेला भएको थियो ।भेलामा अभिभावकमध्येबाट चयन हुनुपर्ने ४ जनाका लागि धेरैले आकाङ्क्षा राखेपछि समितिको पूर्णताका लागि सकस भएको थियो ।