हेटौंडा, १२ साउन । यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डौ जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डौ जिल्ला अदालतले सफाइ दिएको थियो ।