हेटौंडा, १२ साउन । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई पितृ शोक परेको छ ।
अध्यक्ष श्रेष्ठको पिता भीमलाल श्रेष्ठको मंगलबार बिहान भरतपुर स्थित सिएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो जानकारी गराउनु भएको हो ।
केहि दिन अघि स्वास्थ्यमा समस्या आएपछि श्रेष्ठ भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।