हेटौंडा १२ साउन । टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

उहाँको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुनेछ । एलेक्स हिट वानमा रहनुभएको छ । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन् ।

एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् । यस्तै पौडीकै गौरिका सिंहले भोलि खेल्दै हुनुहुन्छ । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नुहुनेछ ।