साउन १२ गते । यस वर्ष मनसुन शूरू भएको दुई महिना नवित्दै सरदरमा हुने वर्षाभन्दा ३२.३ प्रतिशत बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले देशभरका २० वटा मुख्यमुख्य स्टेशनबाट संकलन गरेको तथ्याङ्क अनुसार मनसुन अवधिभर एक हजार ४०२.९ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म ८७६.६ वर्षा भई सकेको हो .
जुन १ देखि जुलाई २६ सम्मको तथ्याङक अनुसार यो वर्ष दुई महिना मनसुन अवधि बाँकी छदै ३२.३ प्रतिशत धेरै वर्षा भई सकेको विभागको जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । समग्रमा नेपालभर मनसुन अवधिभरको ६२.५ प्रतिशत वर्षा भई सकेको कँडेलले जानकारी दिनुभयो ।
काठमाडौंमा ४३.९ प्रतिशत बढी वर्षा
काठमाडौं उपत्यकामा पनि यसवर्ष अन्य वर्षभन्दा धेरै वर्षा भएको छ । जलवायू विश्लेषण शाखाका अनुसार काठमाडौं उपत्यकामा सरदर ५७०.३ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि आजसम्म ८२०.५ वर्षा भई सकेको छ । यो ४३.९ प्रतिशत हो ।
अझै दुई महिना मनसुनी अवधि बाँकी हुदाँ उपत्यकामा जम्मा ६९।७७ प्रतिशत बर्षा भई सकेको शाखाले जनाएको छ । नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो । मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार सोमबार देखि देशैभर मनसुनी प्रणाली सकृय भएको जनाएको छ । नेपालमा जेठ १५ देखि साउन १५ गते सम्मको समयलाई मनसुन अवधि मान्ने गरिन्छ । स्रोत ः गोरखापत्र अनलाइन