हेटौंडा, १० साउन ।
नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
उहाले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताउनुभएको छ । यसको जानकारी उहाले फेसबुकमार्फत् दिनुभएको छ ।
कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।
साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै राजीनामा दिने घोषणा गर्नुभएको हो ।
कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हाल्नुभएको थियो ।
उहाको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो।जसमा १ मात्रै जित हासिल भएको थियो ।
विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउँदा अस्ट्रेलिया र जोर्डनसँग पराजित भएको थियो ।