हेटौंडा, साउन १० ।
दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा वेष्ट इन्डिज विजयी भएको छ । वेस्ट इन्डिजले अष्ट्रेलियालाई पराजित गरेको हो ।

आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो ।

पहिला टस जितेर अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा निकोलस पुरनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

जासन होल्डरले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेले । साई होपले ३८ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । एडम जाम्पाको नाममा २ विकेट रह्यो ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि वेस अगरले सर्वाधिक ४१ रन जोडे । म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन जोड्दा मिचेल स्टार्कले १९ रन बनाए ।

वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३र३ विकेट लिए । शेल्ड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

यससँगै वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय सिरिजमा एकएकको बराबरी गरेको छ ।

पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो । दुई टिमबीचको अन्तिम खेल सोमबार हुनेछ ।