हेटौंडा, १० साउन ।
मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को जहाजले २४ नेपालीको शव नेपाल ल्याइपु¥याएको हो । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन ओटा अस्तु नेपाल ल्याएको हो।
वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आफन्तलाई जिम्मा लगाइएको छ।