हेटौंडा, ९ साउन ।
नेपालमा हालसम्म १३ लाखभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।
कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरेर नेपालमा हालसम्म ७३ लाख ८२ हजार आठ सय ५० डोज खोप आइसकेको र त्यसमध्ये १३ लाख १२ हजार १२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार लाख ६० हजार तीन सय आठ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार नौ सय ६९ जनाले भेरोसेल र एक लाख ५८ हजार सात सय ३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।
कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ जनाले र भेरोसेलको पहिलो डोज १५ लाख २१ हजार चार सय ६७ जनाले लगाएका छन्। जोन्सनको खोप एक लाख ५८ हजार ७३५ जनाले लगाएका छन्।
जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ।