हेटौंडा, ९ साउन ।
नेकपा एमालेको ओली पक्षका युवाहरूको उपत्यका कमाण्ड फोर्स गठन गरेको छ । आज काठमाडौँमा भएको भेलाले एक हजार एक सय एक सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो । युथ फोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथ फोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय आशंका जन्मिएको भन्दै धेरै आशंका पालिरहन जरुरी नरहेको बताउनुभयो ।
उहाले युथ फोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने वैरीहरूलाई मुठीले नै प्रतिवाद गर्ने बताउनुभयो । उहाले हिम्मत भए एमालेका मान्छेलाई समातेर देखाउन चुनौती दिनुभयो ।
उहाले एमालेले गठन गरेको भूमि आयोगलाई निस्कृय बनाएर ५८ हजार सुकुम्बासीलाई लालपूर्जा दिलाउने योजनामा सरकारले बाधा पारिरहेको र खारेज गर्ने खालका षडयन्त्र भए देशभरि आगो बल्ने चेतावनी पनि दिनुभयो ।
त्यसअघि युथ फोर्सले हजारौंको संख्यामा मोटरसाइकल ¥यालीसहित वृहत मार्चपास गरेको थियो।