हेटौंडा, ९ साउन । नेपाली-अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विभिन्न तहमा अध्यापन गर्ने अग्रेजी शिक्षकहरु सहभागी रहेको अनलाइन तालिमको शृंखला– २ आज सम्पन्न भएको छ ।

नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता रहेको उक्त कार्यक्रममा नेल्टाका सल्लाहकार एवम् पूर्व अध्यक्ष प्रा. डा. जय राज अवस्थी प्रमुख वक्ता रहनु भएको थियो ।

नेल्टाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञावालीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका रेलो (च्भ्ीइ) कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, नेल्टा केन्द्रीय समिति तथा प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरु, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटर लगायत विभिन्न जिल्लाका अध्यक्षहरुको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन नेल्टा बागमतीका महासचिव किशोर पराजुलीले गर्नु भएको थियो ।

आउँदो श्रावण १६ गते हुने तेश्रो शृङ्खलाको वेबिनार÷तालिमको सहजीकरण नेल्टा केन्द्रीय समितिका पूर्व तालिम संयोजक सरिता देवानले गर्दै हुनुहुन्छ ।

विषम परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको हरेक शनिवार बिहान ७ः३० देखि ९ बजेसम्मको यो शृंखलावद्ध कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकहरुको उपस्थिति रहेको छ ।

सम्बन्धित विषयमा उच्च दक्षता हासिल गरेका राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने यो कार्यक्रम अंग्रेजी अध्यापन गर्ने शिक्षकहरुका लागि धेरै नै उपयोगी हुने बिश्वास गरिएको छ ।
विषम परिस्थितिको समयलाई सदुपयोग गरी शिक्षकहरुका लागि अत्यन्तै उपयोगी अनलाइन तालिम शुरु गरिएको बागमती प्रदेश अध्यक्ष गणेश हुमागाइँले बताउनुभयो ।