हेटौंडा, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरूसँग मिलेर नागरिकले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नुभयो ।

पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेतासँग छलफल गरेर नागरिकले अनुभूति गर्ने खालका काम गरेर देखाउनु उहाँको भनाइ थियो ।