हेटौंडा, ६ साउन । मकवानपुरमा ८१ किलो ३५० ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय ट्रक चालक बाबुराम नेगी छन् ।
उनलाई प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी स्थित पूर्व- पश्चिम लोकमार्ग सडक खण्डमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजासहित बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ट्रक चालक नेगी, गाँजा र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।