हेटौंडा, ४ साउन । अफिम जस्तो देखीने पदार्थ सहित १ जना लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौडा उप-महानगरपालिका वडानम्बर २ संगमचोक स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा बकैया गाउँपालिका वडानम्बर ५ बका ४४ वर्षिय रत्न भ्लोन ५ किलो ७०० ग्राम लागुऔषध अफिम जस्तो देखीने कालो पदार्थसहित पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भ्लोनलाई पक्राउ गरिएको जनाइएको छ । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।