हेटौंडा, ४ साउन । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसनको खोप अभियान आजदेखि सुरु हुँदैछ ।
काठमाण्डौसहित सबै जिल्लाहरुमा खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, (क) र (ख) वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ ।
काठमाण्डौ जिल्लाका विभिन्न पालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।