हेटौंडा, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा रावलसहित एमालेका माधव नेपाल पक्षका २६ सांसदले समर्थन गर्नुभएको थियो ।

एमालेको माधवकुमार नेपाल पक्षका नेता रावलले पार्टी एकताका लागि दश बुँदे सहमतिमा नेपालले नै सहयोग नगरेको आरोप समेत लगाउनु भएको छ ।