हेटौंडा, ३ साउन । नेकपा एमालेको स्थायी कमिटि बैठकले सरकारलाई सहयोग गर्न नसकिने जनाएको छ । आज बसेको स्थायी कमिटि बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरु पार्टिले चाल्ने कदमबारे आज साँझ निर्णय लिइने प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो ।

उहाँले एमाले सरकारको विपक्षमा रहने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेकोमा निकै प्रश्नहरु उब्जाएको उहाँको भनाई छ ।

पार्टी एकताको रक्षाका लागि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयनका लागि प्रयास गरिएको भए पनि नेता नेपालले अश्वीकार गरेको उहाँले जानकारी दिनुभयो । आजको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएको छ । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन ।