हेटौंडा, ३१ असार । मकवानपुरमा बिहिबार ७५ जना कोरोनामुक्त भएका छन् भने ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७५ जनाकारोना सङ्क्रमण मुक्त भएका हुन् ।

होम आइसोलेशन तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३२ जना, थाहानगरका १८ जना, मकवानपुरगढी, भिमफेदी र बकैया गाउँपालिकाका २।२ जनाले कोरोना जितेका हुन् ।

यसैगरि जिल्लाको मनहरी गाउँपालिकाका १२ जना, बागमती गाउँपालिकाका ६ जना र कैलाश गाउँपालिकाका १ जना गरी जम्मा ७५ जनाले कोरोना जितेका हुन् । मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ११ हजार १ सय ५२ जना पुगेका छन् ।