हेटौंडा, ३१ असार । मकवानपुरमा आगामी साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आगामी साउन ७ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।

यस पटक थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइने भएको छ । यसअघि खाद्यान्न पसल सञ्चालनमा १ घण्टा थप गरिएको छ भने अन्य ब्यवसाय सञ्चालनमा २ घण्टा थप भएको छ ।

यसअघि बिहान ४ बजेबाट १० बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसल, दुग्ध पसल तरकारी व्यवसाय, माछा, मासु, अण्डा लगाएतका पसलहरु अव बिहान ४ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै बिहान ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न पाईने भएको छ ।