हेटौंडा, ३० असार । नेपालमा मनसुन गत जेठबाट भित्रिएको हो । मनसुन भित्रिए यता प्राकृतिक विपद्मा परि १ सय १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वैशाख १ गतेदेखि असार २९ सम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ ।

यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।