हेटौंडा, ३० असार ।


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का विद्युत पोलमा बत्ती जडान गरिने भएको छ । वडा नम्बर १२ अन्तर्गत पान्तले हात्तीगौँडा, रमन्टार, सिग्रेनी आल्दमार घरेडीडाँडालगायतका स्थानका विद्युत पोलमा बत्ती जडान गर्नका लागि वडा कार्यलयले मंगलबार विद्युत बल्ब, होल्डर, तारलगायतका समाग्री वितरण गरेको छ ।


मंगलबार आयोजित एक कार्यक्रमका बिच वडाका सबै टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सो सामग्री हस्तान्तरण गरिएको हो । वडा नम्बर १२ मा रहेका २३ ओटा टोल विकास संस्थालाई १९८ ओटा विद्युत बल्ब वितरण गरिएको वडा नम्बर १२ का अध्यक्ष ललित घलानले बताउनुभयो ।


वडामा विद्युतीकरणका लागि छुट्याइएको ३ लाख रुपैयाँ बजेटबाट सो सडकबत्ती जडान गर्न लागिएको हो । वडामा चोरी तथा दुर्घटना न्यूनीकरण र उज्यालो वडा निर्माणका लागि बत्ती जडान गर्न लागिएको वडाध्यक्ष घलानले बताउनुभयो ।