हेटौंडा, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

सर्वाेच्च अदालतले सोमबार प्रनिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्नुभएको हो । यसअघि २०५२, २०५८, २०६१ र २०७४ सालमा उहाँ प्रधानमन्त्री बनिसक्नुभएको छ ।