हेटौंडा, २९ असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सालक केज निर्माण गरेको छ ।

विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको बासस्थान बनाई सालकको संख्यामा वृद्धि गर्ने उद्धेश्यका साथ सालक केज निर्माण गरिएको हो ।

विभिन्न स्थानमा भेटिएका घाईते सालक, रातको समयमा भेटिएका सालक र बाटो बिराएर विभिन्न स्थानमा भेटिएका सालकलाई उद्धार गरि समूहले निर्माण गरेको सालक केजमा राखि पछि जङगलमा नै छोडिने समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताउनुभयो ।

डिभिजन वन कार्यालय, मकवानपुरको ९ लाख ६० हजार र वन समूहको १ लाख ७२ समेत गरि कुल ११ लाख ३२ हजारको लागतमा सालक केज निर्माण गरिएको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले बताउनुभयो ।