हेटौंडा, २९ असार ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले आज हेटौंडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधामको अवलोकन गर्नुभएको छ ।
मकवानपुरको मात्र नभएर देशकै पहिचानका रूपमा विकास भइरहेको कुष्माण्ड सरोवर त्रिवेणीधाम क्षेत्रको मन्त्री नेपालले आज बिहान अवलोकनका गर्नुभएको हो ।
सो अवसरमा कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले त्रिवेणीधाममा भइरहेको विकास निर्माणका कामबारे जानकारी गराउनुभएको थियो ।
कुष्माण्ड सरोवर त्रिवेणीधामको शुभारम्भदेखिका यसको विकासका लागि गरिएका सङ्घर्ष तथा सहयोगका बारेमा मन्त्री नेपालले चासो राख्नुभएको थियो ।
अध्यक्ष न्यौपानेले अहिले निर्माण भइरहेका शिशमहल, देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको निर्माणाधीन प्रतीमा, नेपाल माताको मूर्तिलगायतका बारेमा जानकारी गराउनुभयो । न्यौपानेले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले यस क्षेत्रको विकासका लागि गरेको सहयोगको बारेमा जानकारी गराउनुभयो ।
सो अवरमा त्रिवेणीधाम विकास समितिका कोषाध्यक्ष मणिप्रसाद सुवेदी, सदस्यहरू सुरज कुइँकेल, ज्योति न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।