हेटौंडा, २७ असार ।

मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ की ७० वर्षीया वृद्धा महिला रहेको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३३ जनाको मृत्यु भएको छ । यसैगरि आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको विभिन्न स्थानीय तहमा ७४ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको निरीक्षक घिमिरेले बताउनुभयो ।

यसैगरि आज थप ७७ जना संक्रमित संक्रमण मुक्त अर्थात कोरोना जितेका छन् । यो संगै जिल्लामा हाल ६ सय २३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।