हेटौडा, २७ असार ।
हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई लिटर अनुदान वापतको रकम वितरण गरेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीलाई रकम हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेको थिए ।


सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको रकम वितरण कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाँई, सल्लाहकार बासुदेव सापकोटा, संस्थाका उपाध्यक्ष केशव धिताल, व्यवस्थापक लक्ष्मण सापकोटा,सञ्चालक सदस्य, शेयर सदस्य लगायतको सहभागिता थियो ।


संस्थाले आव ०७६÷०७७ मा बागमती प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट लिटर अनुदान वापत प्राप्त भएको ५ लाख ८१ हजार ८७२ रुपैयाँ २ सय ९८ कृषिहरुलाई वितरण गरिने संस्थाका सञ्चालक सदस्य सूर्यप्रसाद दुलालले बताए ।