हेटौंडा, २६ असार ।

मकवानपुरमा आज ३६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ३३७ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १६ जनामा र पिसिआर बिधिबाट १०१जनाको कोरोना परीक्षण गर्दा २० जनामा गरी ३६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार र शनिबार मकवानपुरमा दुबै बिधिबाट गरेको ४३९ जनाको कोरोना परीक्षणमा ८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।

मकवानपुरमा आज थप ६८ जना कारोना मुक्त भएका छन् । हेटौंडाका २९ जना,थाहानगरमा २० जना,बकैया,ईन्द्रसरोबर,भिमफेदमा १÷१ जना,कैलाशमा ८ जना मनहरीका ६ जना गरी जम्मा ६८ जना शनिबार कोरोना मुक्त भएका हुन् । मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ८ सय १६ पुगेको छ।